Bajra Barahi Temple Introduction
परिचय
उपत्यकामा बाराही देवीस्थलहरु चारवटा छन् -उत्तरमा श्वेत-बाराही, र्पूवमा नीलबाराही, पश्चिममा धुमबाराही र दक्षिणमा यही बज्रबाराही ।
'बाराही' शब्द 'वराह’-को स्त्रीलिङ्गी रुप हो । स्त्री-देवीहरुको कल्पना ऐतिहासिक रुपले छैठौं-सातौँ शताब्दीमा भएको मानिन्छ । तर प्रस्तुत देवीको नाउँ 'बाराही' मात्र नभई 'बज्रबाराही' रहीआएको छ । स्पष्ट रुपले नै यसमा रहेको वज्र शब्द वज्रयानसित सम्बद्ध भएको देखिन्छ । वज्रयान र्सवाधिक प्रभावशाली भएको युग नवौं शताब्दीदेखि बाह्रौँ शताब्दीसम्म हो । तर्सथ यस बज्रबाराही देवीको कल्पना पनि बज्रसत्व, बज्रपाणि, बज्रवीर, बज्रदेवी, बज्रयोगिनी देवदेवीहरु जस्तै उपत्यकामा बज्रयान अति प्रभावशाली भएको अवधिताका भएको हुनु पर्दछ ।
बज्रबाराहीलाई बज्रयानी देवता हेरुकचक्रसंवरकी स्त्रीशक्ति मानिएको छ । हेरुकचक्रसंवर र बज्रबाराहीको संयोगलाई 'प्रज्ञोपाय' - को रुपमा लिएमा यी देवी 'प्रज्ञा'-को प्रतीक हुन्छिन् । बौद तान्त्रिक पुस्तक-भैरवचक्रमण्डल अनुसार काठमाडौं उपत्यका - 'नेपाल मण्डल' भनिने ) क्षेत्र नै अष्टमातृका देवी र अष्टश्मशानहरुले घेरिएको हेरुकचक्रसंवरको मण्डलाकार अनुरुप बनाइएको थियो ।
फेरि, 'वाराही' मात्र कहलिने देवी भने अष्टमातृका-व्रम्हायणी, माहेश्वरी, कौमारी, वैष्णवी, बाराही, इन्द्रायणी, चामुण्डा, महालक्ष्मी-समूहमा तथा नवर्दुगागणमा पनि समाविष्ट गरिएकी छिन् । 'चण्डीसप्तसति' र्शीषक पुस्तकअनुसार अष्टमातृकाहरुको सिर्जना देवी र्दुगाबाट दैत्य रक्तबीजलाई मार्ने क्रममा भएको थियो । फेरि ज्योतिषशास्त्रले यी अष्टमातृकाहरु विशेष तिथिमा विशेष दिशामा रहने दिङ्माता हुन् भन्दछ ।
यी बज्रबाराही देवीलाई श्रद्धालु भत्तजनहरु अष्टमातृकामध्येकी एक मातृक 'बाराही' को रुपमा वा हेरुकचक्रसंवकी स्त्रीशक्ति-वज्रबाराहीको रुपमा पूजा गर्दा हुन् । तर यस देवीले 'बज्रबाराही'- को नाउँले नै अधिक प्रसिद्धि पाएकी छिन् ।
यिनको पूजा गर्नाले जीवनमा आर्इपर्ने विघ्नबाधा, भय आदि हट्छन् र विधिवत् साधना गर्नसके सिद्धि प्राप्त हुन्छ भनिएको छ ।
बज्रबाराही देवीको पवित्र थलो-नेपाली ललितकलाले धपक्क सिँगारिएको ललितपुर जिल्ला अर्न्तर्गत जनभाषामा चापागाउँ वा वा-देः भनिंदै आएको र्पूवलिच्छवीकालीन प्राचीन बस्ती चम्पापुरको पूवी किनारस्थित उपवनभित्र अवस्थित छ । यो थलो देवस्थल हुनाको साथै अरु कैयन कारणले पनि आकर्षक र लोकप्रिय बनेको छ । सुन्दर निकुञ्ज, शीतल छहारी, सुमधुर चराहरुका स्वर, मनोरम हराभरा दृश्यावली, स्वस्थ पर्यावरण, शान्त वातावरण, विचित्र प्राकृतिक छटा आदिले यस भलोलाई उपत्यकाभरि भनेजसो बेजोड, विशिष्ट र विलक्षण बनाएको छ । फेरि, यस्तो सुन्दर उपवनभित्र अवस्थित मन्दिर, मूति, चित्र आदिले झकम्क्क भएको यो देवस्थल अनुपम प्राकृतिक सम्पदा र उच्च मानव कृतिको सङ्गतिर्पूण संयोग पनि हो ।
यसैले के देवीको पूजा गर्न आउने श्रद्धालु भक्तजन, के पिकनिक मनाउन आउने युवक-युवती, के संयोगवश आइपुग्ने बटुवा-सबैजसोलाई यस थलोमा पाइला हाल्नेबित्तिक्कै यसको मनमोहकताले, प्रकृतिसित भएका भावनाले केही घण्टाको लागि भए पनि, केहि क्षणका लागि भए पनि लठ्याउँछन् । श्रद्धा र भक्तिका स्रोत-देवदेवीहरुको सान्निध्य, मन्दिरको कलात्मक भब्यता, जरुवा पानीको पर्याप्ति,आकस्मिक
आवश्यकताको परिपूति गर्न सक्षम बस्तीको सामीप्य-आदि कारणले यो ठाउँ उपत्यकाका अन्य देवस्थल वा पिकनिक थलोहरुमा अग्रगण्य नै भैरहेको छ ।
No comments:
Post a Comment